विद्यालय परिचय

गृहपृष्ठ विद्यालय परिचय

ऐतिहासिक पृष्ठभूमि

श्री भानु माध्यमिक विद्यालय, दोधारा चाँदनी नगरपालिका–०६, कञ्चनपुर नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एक सुस्थापित शैक्षिक संस्था हो। यस विद्यालयको स्थापना विसं. २०३८ मा भएको हो। स्थापनाकालदेखि नै यस विद्यालयले स्थानीय बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

भौगोलिक अवस्थिति

यो विद्यालय दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ६ मा अवस्थित छ। दोधारा चाँदनी नगरपालिकाका १० वटै वडाहरू यस विद्यालयको सेवा क्षेत्रका रूपमा रहेका छन्। शान्त र प्राकृतिक वातावरणमा अवस्थित यस विद्यालयले विद्यार्थीहरूलाई पठनपाठनको अनुकूल वातावरण प्रदान गर्दछ।

सामाजिक योगदान

यस विद्यालयले स्थापनाकालदेखि नै स्थानीय समुदायको शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। विद्यालयले बाल कक्षादेखि कक्षा-१२ सम्म साधारण धार र प्राविधिक धारमा अध्यापन गराउँदै आएको छ। यसका साथै CTEVT अन्तर्गत १८ महिने प्रिडिप्लोमा बाली विज्ञान कोर्स पनि संचालन गरिएको छ।

प्राविधिक शिक्षा

विद्यालयले कक्षा ९ देखि कक्षा १२ सम्म कम्प्युटर इन्जिनियरिङ विषयमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यावहारिक तथा प्राविधिक ज्ञानमा सशक्त बनाउँदै रोजगारमुखी शिक्षा प्रदान गर्छ।